आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान


  • 649
    SHARES
  • https://indrenipost.com/posts/9573
    साउन ५, २०८२ सोमबार
    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा अलि उत्तरतर्फ रहेकाले आज देशभर आंशिकदेखि साधारणतया बदली हुने मौसम रहने अनुमान गरिएको छ ।
    विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ ।
    त्यस्तै, देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
    आज रातिपनि देशभर आंशिकदेखि साधारणतया बदली रहिरहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी क्षेत्रमा तथा अन्य प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
    विभागले सम्भावित वर्षाका कारण पहिरो, बाढी र डुबानको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

     

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij