आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

५० जिल्लामा बाढीको जोखिम, ‘एल्लो अलर्ट’ जारी — सतर्क रहन बाढी महाशाखाको आग्रह


  • 604
    SHARES
  • https://indrenipost.com/posts/9585
    साउन ६, २०८२ मंगलबार
    ५० जिल्लामा बाढीको जोखिम, ‘एल्लो अलर्ट’ जारी — सतर्क रहन बाढी महाशाखाको आग्रह

    काठमाडौँ, ५ साउनः जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले देशभरका ५० जिल्लामा आज बाढीको सम्भावना रहेको भन्दै ‘एल्लो अलर्ट’ जारी गरेको छ । महाशाखाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
    काठमाडौं, ललितपुर, भक्तपुरलगायत उपत्यकाका जिल्ला समेत समेटेर पूर्वमा इलाम, झापा, मोरङ, सुनसरीदेखि पश्चिममा दार्चुला, डडेल्धुरा, बैतडीसम्मका जिल्लाहरूमा ससाना नदीहरूमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, रोल्पा, दाङ, प्युठान, पाल्पा, अर्घाखाँची, जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, डोटी, अछामजस्ता जिल्लाहरू पनि जोखिमको दायरामा रहेको उल्लेख छ ।
    महाशाखाका अनुसार आज २१ वटा प्रमुख नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । ती नदी आसपासका बस्तीमा बाढी पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जनसाधारणलाई सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
    महाशाखाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा नागरिक समाजलाई बाढी सम्बन्धी सूचना तत्काल प्राप्त गरी आवश्यक तयारीमा जुट्न पनि अनुरोध गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij