आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

७ लाख ३१ हजार घुस सहित वन अधिकृत अख्तियारको फन्दामा


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/9591
    साउन ६, २०८२ मंगलबार
    ७ लाख ३१ हजार घुस सहित वन अधिकृत अख्तियारको फन्दामा

    काठमाडौँ, ६ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकम सहित पक्राउ गरेको छ ।
    स्थानीय चुरे गाउँपालिका ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो ।
    आरोपी यादवको साथबाट रु सात लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij