आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना


  • 415
    SHARES
  • https://indrenipost.com/posts/9592
    साउन ७, २०८२ बुधबार
    देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ७ साउन – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली हुने मौसमको पूर्वानुमान गरिएको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ ।

    आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
    महाशाखाले सम्भावित भारी वर्षाको कारण खोला, नदीमा पानीको बहाव बढ्न सक्ने, पहिरोको जोखिम हुने तथा सवारी आवागमनमा अवरोध पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

     

     

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij