आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

केरुङमा फसेका २०३ नेपाली आज तातोपानी नाकाबाट स्वदेश फर्किंदै


  • 388
    SHARES
  • https://indrenipost.com/posts/9593
    साउन ७, २०८२ बुधबार
    केरुङमा फसेका २०३ नेपाली आज तातोपानी नाकाबाट स्वदेश फर्किंदै

    काठमाडौँ, ७ साउनः नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा असार २४ गते आएको बाढीपछि चीनमा फसेका नेपाली नागरिकलाई आज स्वदेश फर्काइने भएको छ । मितेरी पुल बगाएपछि स्वदेश फर्कन नसकेका ती नेपालीलाई सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।
    उनीहरूलाई फर्काउनका लागि रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भेटी आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरेका थिए । भेटमा सांसद आचार्यले अस्थायी पुल निर्माण, मितेरी पुल पुनःनिर्माण र मौसमसम्बन्धी सूचना आदानप्रदानलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
    रसुवामा मितेरी पुल अझै नबनेका कारण बाढीबाट प्रभावित २०३ नेपालीलाई तातोपानी नाका हुँदै स्वदेश ल्याउन लागिएको हो । ती मध्ये केही बिरामी, औषधि सेवन गरिरहेकाहरू तथा सवारी चालकहरू छन् ।
    चिनियाँ भूमिमा चीन सरकारले र नेपालतर्फ सरकारले यातायातको व्यवस्था मिलाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन । उनका अनुसार स्याफ्रुबेँसी–रसुवागढी सडक सुचारु भए पनि पुल नबनेका कारण वैकल्पिक रूपमा तातोपानी नाका प्रयोग गरिएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij