आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

महेशपुर भन्सारबाट १६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन


  • 748
    SHARES
  • https://indrenipost.com/posts/9594
    साउन ७, २०८२ बुधबार
    महेशपुर भन्सारबाट १६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन

    नवलपरासी, ७ साउनः बर्दघाट सुस्ता पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१।८२ मा रु १६ करोड ६६ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।
    भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार चालु आवका लागि रु १५ करोड ४६ लाख ९१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा सो लक्ष्यभन्दा बढी राजस्व उठाइएको हो ।
    भन्सार महसुल आयाततर्फ मात्रै रु १० करोड २० लाख ५८ हजार सङ्कलन गरिएको छ भने मूल्य अभिवृद्धि कर भ्याटतर्फ रु ४ करोड ८३ लाख ८ हजार राजस्व उठाइएको छ । त्यस्तै, कृषि सुधार शुल्कतर्फ रु १४ लाख ७३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु ५ लाख ४८ हजार, अग्रिम आयकर रु २७ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।
    त्यसैगरी अन्तःशुल्क रु ४८ लाख ६२ हजार, सडक मर्मत तथा सुधार दस्तुर रु ५ लाख १२ हजार, हरित कर रु ११ लाख ३५ हजार र अन्य प्रशासनिक सेवातर्फका कर तथा शुल्क रु ११ लाख ३९ हजार उठाइएको छ ।
    २०७५ साल असोज ७ गते महेशपुर छोटी भन्सारलाई मूल भन्सारको रूपमा स्तरोन्नति गरी स्थापना गरिएको हो। स्थापना भएयता भन्सार कार्यालयले राजस्व सङ्कलनमा निरन्तर प्रगति गर्दै आएको प्रमुख उपाध्यायले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij