आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

बाढीले फक्ताङलुङ जोड्ने बेलिब्रिज बगायो, यातायात अवरुद्ध


  • 460
    SHARES
  • https://indrenipost.com/posts/9596
    साउन ७, २०८२ बुधबार
    बाढीले फक्ताङलुङ जोड्ने बेलिब्रिज बगायो, यातायात अवरुद्ध

    ताप्लेजुङ, ७ साउनः फक्ताङलुङ गाउँपालिका – ५ र ६ जोड्ने तमोर नदीको बेलिब्रिज बाढीले बगाएको छ । अविरल वर्षासँगै हेल्लोक र सिम्बुवा खोलामा आएको बाढीले पुल बगाएको स्थानीयवासी तेन्जिङ वालुङले जानकारी दिए ।
    चार वर्षअघि रेमिट हाइड्रोपावर कम्पनीले निर्माण गरेको उक्त बेलिब्रिज बगेसँगै त्यस क्षेत्रको सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । पुल नहुँदा स्थानीयवासीको दैनिक आवागमन, सामान ढुवानी र आपतकालीन सेवामा समेत प्रभाव परेको छ ।
    बाढीका कारण तमोर नदीको बहावसमेत बढेको जनाइएको छ । थप क्षति हुन नदिन तथा जोखिम न्यूनिकरणका लागि स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालित छन् ।
    अरुण नदी आसपास सतर्कता अपनाउन आग्रह
    सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएपछि बाढी र पहिरोको जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेलका अनुसार वर्षामापन केन्द्रमा अत्यधिक वर्षा मापन भएपछि अरुण नदी र तटीय क्षेत्र नजिकका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको हो ।
    “माथिल्लो क्षेत्रमा अझै पनि भारी वर्षाको सम्भावना छ,” प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, “तसर्थ, खोलानाला तथा भिरालो जमिनमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन आग्रह गरिन्छ ।”
    प्रशासनले आकस्मिक बहाव र पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न र जानकारीको लागि नजिकको सुरक्षा निकायसँग सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

     

     

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij