आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

छोराको छुरा प्रहारबाट बुबाको मृत्यु


  • 559
    SHARES
  • https://indrenipost.com/posts/9599
    साउन ७, २०८२ बुधबार
    छोराको छुरा प्रहारबाट बुबाको मृत्यु

    धरान सुनसरी, ७ साउनः सुनसरीको देवानगञ्ज गाउँपालिका – २ मा आज बिहान घरायसी विवादका क्रममा छोराको छुरा प्रहारबाट बुबाको ज्यान गएको छ ।
    ६० वर्षीय सचिव अंसारीलाई उनका आफ्नै छोरा मोहम्मद रियाज अंसारीले जग्गा सम्बन्धी विवादका क्रममा छाती र ढाडमा छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएको अवस्थामै अंसारीलाई विराटनगर स्थित गोल्डेन अस्पताल पुर्‍याइएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिएका छन ।
    छुरा प्रहार गर्ने मोहम्मद रियाजलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij