आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

आजको प्रतिनिधिसभा बैठकमा २ विधेयक प्रस्तुत हुने


  • 451
    SHARES
  • https://indrenipost.com/posts/9605
    साउन ८, २०८२ बिहीबार
    आजको प्रतिनिधिसभा बैठकमा २ विधेयक प्रस्तुत हुने

    काठमाडौँ, ८ साउनः प्रतिनिधिसभाको आजको बैठक अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकको कार्यसूचीमा दुई महत्वपूर्ण विधेयक प्रस्तुत हुने छन् ।
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन् ।
    त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
    आजै प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गत तीन वटा संसदीय समितिका बैठकहरू बस्नेछन् ।
    अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सम्बन्धी संशोधनकर्तासँग छलफल हुनेछ ।
    विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।
    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदन माथि छलफल र पारित गर्ने प्रक्रिया अघि बढाइनेछ ।
    आजको बैठक विधेयक प्रस्तुतिसँगै विधायन प्रक्रियामा अगाडि बढ्ने तयारीमा रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij