आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

देशभर मनसुनी गतिविधि कमजोर, केही स्थानमा वर्षाको सम्भावना


  • 847
    SHARES
  • https://indrenipost.com/posts/9606
    साउन ८, २०८२ बिहीबार
    देशभर मनसुनी गतिविधि कमजोर, केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, ८ साउनः देशभर मनसुनी वायुले कमजोर प्रभाव देखाइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतिर अवस्थित रहेकाले सामान्य वर्षा मात्र हुने संकेत देखिएको हो ।
    महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ । ती प्रदेशका पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
    आज राति पनि कोशी, मधेस र बागमती प्रदेशका साथै देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्यत्र आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ । महाशाखाको बुलेटिनअनुसार कोशी, मधेस र बागमतीका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी प्रदेशका पहाड, तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ ।
    महाशाखाले पहाडी क्षेत्र तथा भारी वर्षाको सम्भावना रहेको स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij