चितवन, ९ साउनः चितवनको रत्ननगर नगरपालिका –३ शान्ति चोकमा बोलेरो गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका–२ निवासी ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १२ः३० बजे खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरो गाडीले जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बा प्र ०३–००१ ख ३३६५ नम्बरको रात्रिबसलाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको बा प्र ०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक कँडेललाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो । तर, उपचारकै क्रममा राति १ः१९ बजे उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिएका छन ।
दुर्घटनामा संलग्न बोलेरो गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।