आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

लोभ देखाइ बन्धक बनाएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ


  • 1000
    SHARES
  • https://indrenipost.com/posts/9617
    साउन ९, २०८२ शुक्रबार
    लोभ देखाइ बन्धक बनाएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौँ, ९ साउन भारतमा आकर्षक तलबको प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँले सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

    ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार, पक्राउ परेका दुवैलाई अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको छ ।
    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट राजकुमार अच्छामीसमेतका व्यक्तिले पीडितलाई भारतमा चालकको काम लगाइदिने, खाना र बस्नबाहेक मासिक ३५ हजार भारु तलब तथा ओभरटाइमसमेत हुने भन्दै प्रलोभनमा पारेको खुलेको छ। उनीहरूले पीडितलाई भारत पुर्‍याएर बन्धक बनाएर बेचबिखन गरेको अनुसन्धानमा देखिएको छ ।
    प्रहरी उपरीक्षक कुँवरले भने, अनुसन्धानमा पीडितलाई राजकुमारले गत वैशाख १९ गते काठमाडौँ बल्खुबाट पर्साको वीरगञ्ज पुर्‍याई रेशमबहादुरलाई हस्तान्तरण गरेका थिए। त्यहाँबाट रेशमबहादुरले अटोरिक्सामा राखी भारतको रक्साल हुँदै पटना पुर्‍याएका हुन् ।
    पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको ुवेल स्टार डाइनामिक कम्पनीुमा प्रतिव्यक्ति १० हजार रुपैयाँ तिर्न लगाई सात दिनसम्म तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको पनि अनुसन्धानमा खुलेको प्रवक्ता कुँवरले जानकारी दिए ।
    पटनामा अन्य मानिसलाई फेसबुकमा इन्भाइट गर्न लगाई पीडितलाई घर परिवारसँग सम्पर्क हुन नदिने तथा खानबस्न नदिई डर, त्रास, धाकधम्की दिई फेसबुक मेसेन्जरमा अन्य मानिससँग नयाँ आइडी बनाई कुरा गर्न लगाएका थिए, उनले थपे, विभिन्न प्रलोभनमा पारी भारत बोलाई मोबाइलबाट अनलाइन स्क्यामिङका काम गर्न बाध्य बनाएको पाइएको छ ।
    उनीहरूले पीडितबाट करिब दुई लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागजसमेत गरी करिब थप दुई महिनासम्म बन्धक बनाएको पाइएको छ । दुई महिनापछि पीडित उम्किएर साउन १ गते नेपाल फर्किएका थिए र ब्युरोमा मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत मानव तस्करी कसुरमा जाहेरी दर्ता गराएका थिए ।
    जाहेरीको अनुसन्धान गरी साउन ५ गते मुद्दा दर्ता गरिएको थियो र उनीहरूको खोजतलासका क्रममा राजकुमार अच्छामीलाई काठमाडौँको बल्खुबाट र रेशमबहादुर खत्रीलाई पर्साबाट पक्राउ गरिएको कुँवरले बताए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा उनीहरूलाई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij