आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु


  • 505
    SHARES
  • https://indrenipost.com/posts/9621
    साउन ९, २०८२ शुक्रबार
    सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

    सिरहा, ९ साउन – सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार साँझ घरायसी विवादका क्रममा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु भएको छ ।
    २५ वर्षीय श्याम सदाले झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदामाथि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका थिए । छातीमा गहिरो चोट लागेका मोतीरामलाई उपचारका लागि तत्काल लहानस्थित प्रादेशिक अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
    इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार घटनापछि श्याम फरार भएका छन् र उनको खोजी कार्य तीव्र पारिएको छ । मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij