आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु


  • 640
    SHARES
  • https://indrenipost.com/posts/9625
    साउन १०, २०८२ शनिबार
    सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

    भद्रपुर झापा १०, साउन  झापाको दमक – ४ चियाबगानस्थित आज बिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ । 
    पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी साइकलयात्री दमक –४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन ।
    दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताए । दुर्घटनामा परेको बस र मकवानपुर हेटौँडा उपमहानगरपालिका –७ का ४७ वर्षीय बस चालक राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij