आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

इरानको जेलबाट मुक्त पाँच नेपाली स्वदेश फर्किए


  • 658
    SHARES
  • https://indrenipost.com/posts/9626
    साउन १०, २०८२ शनिबार
    इरानको जेलबाट मुक्त पाँच नेपाली स्वदेश फर्किए

    काठमाडौँ, १० साउनः विभिन्न कारणले इरानको जेलमा थुनिएका पाँच जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।
    तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतको समन्वय र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन आईओएमको सहयोगमा ती नेपालीलाई फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। इरानी अदालतले उनीहरूलाई थुनामुक्त गर्ने आदेश दिएको थियो ।
    यसअघि पनि भारतीय विमान सेवाको सहयोगमा तीन चरणमा गरी नौ जना नेपालीलाई इरानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको थियो । ती उद्धार भारतीय नागरिकका लागि भारत सरकारद्वारा पठाइएका विशेष उडानमार्फत गरिएको थियो ।
    गत जुन १३ तारिखदेखि इजरायल र इरानबीच सुरु भएको द्वन्द्व जुन २३ मा युद्धविराम भएपछि शान्तिसुरक्षाको अवस्था सहज हुँदै गएको र त्यसकै अवसरमा नेपालीलाई फिर्ता ल्याउन सम्भव भएको मन्त्रालयको भनाइ रहेको छ।
    सरकारले उद्धार प्रक्रियामा सहकार्य, सहयोग र सद्भाव प्रकट गर्ने सम्पूर्ण पक्षप्रति आभार प्रकट गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij