आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

जनक्रान्तिको पोस्टर सार्वजनिक, प्रचण्डद्वारा गणतन्त्रको गाथा बोल्ने चलचित्रको सराहना


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/9630
    साउन १०, २०८२ शनिबार
    जनक्रान्तिको पोस्टर सार्वजनिक, प्रचण्डद्वारा गणतन्त्रको गाथा बोल्ने चलचित्रको सराहना

    काठमाडौँ, १० साउन । नेपालमा गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक जनआन्दोलनको घटनाक्रममा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण हुने भएको छ । शनिबार एक कार्यक्रमका बीच गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका छन ।
    पोस्टर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले जनक्रान्ति जस्ता चलचित्रले नयाँ पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष र त्यस समयको सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, हिजोको समाजको अवस्था र गणतन्त्र प्राप्तिका लागि गरिएको त्याग र बलिदानबारे युवा पुस्तालाई जानकारी दिनु अपरिहार्य छ ।
    रुद्राक्ष फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन । चलचित्रको छायाङ्कन आगामी भाद्र दोस्रो साताबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ। निर्माता रुद्रप्रसाद खनालका अनुसार, चलचित्रलाई आगामी फागुन १ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
    निर्देशक तिमिल्सिनाले चलचित्रमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरुको पृष्ठभूमिमा आधारित सत्य घटनाहरुलाई जीवन्त रूपमा प्रस्तुत गरिने बताए । उनले यो चलचित्र नयाँ पुस्ताका लागि नेपालको राजनीतिक घटनाक्रम बुझ्न एक महत्वपूर्ण दस्तावेज बन्ने दाबी समेत गरे ।
    जनक्रान्तिको छायाङ्कन पश्चिम नेपालका रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दियादेखि पूर्वी नेपालका धनकुटा, खोटाङ, भोजपुर तथा तराई मधेशको सर्लाहीसम्मका विभिन्न स्थानमा गरिनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij