आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

मनसुन कमजोर पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी


  • 919
    SHARES
  • https://indrenipost.com/posts/9635
    साउन ११, २०८२ आइतबार
    मनसुन कमजोर पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

    काठमाडौँ, ११ साउन – हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ, जसका कारण वर्षा सक्रियता कम देखिएको हो ।
    आज दिउँसो देशभर सामान्यतया बदली हुने र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । त्यसैगरी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
    आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij