आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

करदाता शिक्षाको प्रभाव काभ्रेपलाञ्चोकमा नौ प्रतिशत कर सङ्कलन वृद्धि


  • 748
    SHARES
  • https://indrenipost.com/posts/9637
    साउन ११, २०८२ आइतबार
    करदाता शिक्षाको प्रभाव काभ्रेपलाञ्चोकमा नौ प्रतिशत कर सङ्कलन वृद्धि

    काभ्रेपलाञ्चोक, ११ साउन – आर्थिक वर्ष २०८१।८२ मा काभ्रेपलाञ्चोक जिल्लामा कर सङ्कलनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक राजस्व कार्यालय, धुलिखेलका अनुसार चालु आवमा करिब नौ प्रतिशत अर्थात् रु तीन अर्ब ८८ करोड ५९ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो आवको तुलनामा ८.७२ प्रतिशत वृद्धि हो ।
    कार्यालयले चालु आवमा वार्षिक लक्ष्यको ८५.६१ प्रतिशत प्रगति गरेको जनाएको छ । कर सङ्कलनको विवरण हेर्दा आयकरबाट सबैभन्दा धेरै रु एक अर्ब ८२ करोड ३३ लाख ४९ हजार, घरबहाल करबाट रु तीन करोड २७ लाख २७ हजार, र ब्याजकरबाट रु ३२ करोड ७५ लाख १५ हजार उठाइएको छ ।
    त्यस्तै अन्य राजस्व स्रोतहरूमा मूल्य अभिवृद्धि कर मुअकर रु एक अर्ब ३० करोड एक लाख ३३ हजार, अन्तःशुल्क रु ४० करोड १९ लाख ५३ हजार, शिक्षा सेवा शुल्क रु दुई लाख ६१ हजार, स्वास्थ्य सेवा शुल्क रु २९ हजार र अन्य शुल्क रु एक हजार सङ्कलन भएको छ ।
    हाल काभ्रेमा करमा आबद्ध कुल एक लाख २९ हजार ९६९ करदाता छन् । तीमध्ये १,३४५ सरकारी संस्था, ५,९८१ मुअकरदाता, ७५,१५७ व्यक्तिगत करदाता, ४५,७६८ आयकरदाता, ४९ स्वास्थ्य संस्था, १,५६६ अन्तःशुल्कदाता, र १०३ शिक्षण संस्था रहेका छन् ।
    यद्यपि, घरबहाल कर ९.०४ प्रतिशत र ब्याजकर ३.३० प्रतिशत ले घटेको देखिएको छ । तर कुल आयकर ७.८८ प्रतिशत, मुअकर ८.३९ प्रतिशत र अन्तःशुल्क १५.१० प्रतिशत ले वृद्धि भएको हो ।
    राजस्व हिस्सामा आयकरको योगदान ५६.१९ प्रतिशत पुगेको छ, जसले कर सङ्कलनको मुख्य हिस्सा ओगटेको छ । करदाताको संख्या तथा करको दायरा विस्तार हुनुमा अनिवार्य प्यान नम्बर र करदाता शिक्षाको प्रभाव मुख्य कारण भएको प्रमुख कर अधिकृत रमेश भट्टराईले बताए ।
    उनका अनुसार नागरिकमा कर प्रतिको चासो, जानकारी तथा सहभागिता बढेसँगै राजस्व सङ्कलनमा पनि उल्लेखनीय सुधार देखिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij