आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

घोप्टेभिरको सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङसँगको सिधा सम्पर्क टुट्यो


  • 955
    SHARES
  • https://indrenipost.com/posts/9638
    साउन ११, २०८२ आइतबार
    घोप्टेभिरको सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङसँगको सिधा सम्पर्क टुट्यो

    म्याग्दी, ११ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
    सडक खुलाउन सडक विभागको टोलीले उपकरण सहित काम गरिरहेको घाँसास्थित प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिएका छन ।
    सडक अबरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क विच्छेद भएको छ भने प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा समेत बन्द छ । यसले गर्दा स्थानीयवासी, पर्यटक तथा व्यापारीहरू प्रभावित भएका छन् ।
    मुस्ताङ जान चाहने सवारीसाधनहरू म्याग्दीको काभ्रेतिर र फर्कनेहरू घाँसामा रोकिएका छन् । पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न केही समय लाग्ने अनुमान गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij