आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

मुख्यमन्त्री पदबाट राजीनामा दिन्नँ, बहादुरसिंह लामाको स्पष्ट घोषणा


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/9659
    साउन १३, २०८२ मंगलबार
    मुख्यमन्त्री पदबाट राजीनामा दिन्नँ, बहादुरसिंह लामाको स्पष्ट घोषणा

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफू मुख्यमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट रूपमाबताएका छन् ।
    बागमती प्रदेश कांग्रेस संसदीय दलबाट उनी विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री लामाले दलको नेताबाट हटिए पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै संवैधानिक वा कानुनी बाध्यता नरहेको बताए ।
    “संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,” मुख्यमन्त्री लामाले भने, “सरकार एउटा पाटो हो भने संसदीय दल अर्को पाटो हो । मुख्यमन्त्री बन्न दलको नेता हुनैपर्छ भन्ने छैन।”
    उनले अब दलको नेतृत्व रिक्त भएकाले नयाँ नेता चयन प्रक्रिया सुरु हुने पनि जानकारी दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij