आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

दुई संसदीय समितिको महत्वपूर्ण बैठक आज बस्दै


  • 352
    SHARES
  • https://indrenipost.com/posts/9707
    साउन १८, २०८२ आइतबार
    दुई संसदीय समितिको महत्वपूर्ण बैठक आज बस्दै

    काठमाडौँ, १८ साउनः सङ्घीय संसद्को दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकले विभिन्न गम्भीर विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने तयारी गरेका छन् ।
    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ूभूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ू सम्बन्धमा सरोकारवालासँग विस्तृत छलफल हुने छ । यसै क्रममा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको समन्वयमा हालसम्म वितरण गरिएका जग्गा तथा आगामी योजनाबारे समेत जानकारी लिइने कार्यक्रम रहेको समितिले जनाएको छ ।
    त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक सम्पदाको संरक्षणसम्बन्धी छलफल हुनेछ । साथै महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला, स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भनिएको विषय तथा ग्यालरी बैठक पुनर्निर्माणको अवस्था र संसद् भवन निर्माणको प्रगतिको बारेमा सहरी विकास तथा भवन निर्माण विभागसँग पनि छलफल हुने कार्यक्रम रहेको छ ।
    यी बैठकहरूबाट महत्त्वपूर्ण निष्कर्ष र सुझावहरू आउने अपेक्षा समेत गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij