मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

प्रेस संगठनको महाधिवेशन आगामी कात्तिकमा हुने


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/984
    असोज १७, २०७८ आइतबार
    प्रेस संगठनको महाधिवेशन आगामी कात्तिकमा हुने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ ।

    शनिबार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी कात्तिक अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसका लागि असोज मसान्तसम्म सदस्यता वितरण तथा नवीकरण, कात्तिक ८ गतेसम्म जिल्ला समन्वय समितिको अधिवेशन र कात्तिक १८ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकेको छ ।

    बैठकले संगठनको नाम प्रेस संगठन परिर्वतन गरी पुरानै नाम प्रेस सेन्टर नै राखेको छ । तत्कालीन नेकपा (एमाले) र माओावादी केन्द्र एकता भएपछि प्रेस चौतारी र प्रेस सेन्टर नेपाल मिलेर प्रेस संगठन बनेको थियो । 

    पार्टी विभाजन भएपछि एमाले निकट पत्रकार संगठनको नाम प्रेस चौतारी भए पनि माओवादी केन्द्र निकट पत्रकारको संगठनको नाम प्रेस संगठन नै रहेको संयोजक महेश्वर दाहालले जानकारी दिए । बैठकले केन्द्रीय समिति महाधिवेशन आयोजक समिति तथा सबै समिति अधिवेशन आयोजक समितिमा परिणत गर्ने भएको छ ।

    बैठकमा महाधिवेशनबाट पारित गर्ने गरी संगठनको विधान प्रस्ताव गर्नुका साथै विधानमा संघ, प्रदेश र स्थानीय तहका शाखालाई बलियो बनाउने प्रस्ताव गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij