मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

सरकारलाई पूर्णता दिनेबारे विलम्ब

मन्त्रिपरिषद् विस्तार : मन्त्री छान्ने विषयमा माओवादी केन्द्र अझै अनिर्णीत


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/985
    असोज १७, २०७८ आइतबार
    मन्त्रिपरिषद् विस्तार : मन्त्री छान्ने विषयमा माओवादी केन्द्र अझै अनिर्णीत

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ ।

    हिजो (शनिबार) स्थायी समितिको बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले भने– ‘हिजो त्यसबारेमा कुनै छलफल भएन । आज (आइतबार) बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ ।’

    यस्तै बैठकमा अनेरास्ववियू (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको थियो ।


    प्रवक्ता महराले अनेरास्ववियू कान्तिकारी नेतृत्वका विषयमा छलफल भएको जानकारी दिए । माओवादीका नेताहरुका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।

    यस्तै विशेष समितिकमा रहने सदस्यका बारेमा समेत बैठकमा छलफल भएको थियो । माओवादीको स्थायी समिति बैठक आइतबार पुनः बस्नेछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij