काठमाडौँ, १२ भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा र कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा तोकिएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४ रुपैयाँ ६५ पैसा, डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७२ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८ रुपैयाँ ०६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९० पैसा, ओमानी रियाल एकको खरिददर ३६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २२ पैसा तय भएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कहरूले तोक्ने दर भने केही फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कमार्फतै उपलब्ध हुने जनाएको छ ।