बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल चयन


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9554
    साउन ३, २०८२ शनिबार
    राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल चयन

    काठमाडौँ, ३ साउन — राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई नयाँ अध्यक्षमा चयन गरेको छ। शुक्रबार सम्पन्न समितिको बैठकले सर्वसम्मतरूपमा ढकाललाई अध्यक्ष चयन गरेको हो। उनले सोही दिन पदभार ग्रहण गरेका छन्।
    ढकालसँग नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रही काम गरेको अनुभव रहेको छ। पछिल्लो समय राष्ट्र बैंकमा निर्देशकका रूपमा कार्यरत रहेका ढकाल वित्तीय प्रणाली, बैंकिङ प्रशासन र नियमन प्रणालीका जानकार मानिन्छन्।
    उनको स्वागतमा सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, बैंक व्यवस्थापन समितिका पदाधिकारी, कम्पनी सचिव प्रमोद अधिकारी तथा सीईओ कार्यालयका कर्मचारीहरू सहभागी भएका थिए।
    वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ३०९ वटा शाखामार्फत देशभरका ७७ वटै जिल्लामा ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको छ। बैंकले आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवामा केन्द्रित हुने नीति लिएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij