शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

मानव बेचबिखन र ओसारपसारका घटना बढ्दै, हजारौंको उद्धार


  • 280
    SHARES
  • https://indrenipost.com/index.php/posts/10107
    भदौ १९, २०८२ बिहीबार
    मानव बेचबिखन र ओसारपसारका घटना बढ्दै, हजारौंको उद्धार

    काठमाडौँ, १९ भदौः मानव बेचबिखन तथा ओसारपसारका घटना पछिल्लो वर्षमा बढ्दै गएको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१।८२ मा नेपाल प्रहरीले १२७ जना पीडितलाई स्वदेश तथा विदेशका विभिन्न स्थानबाट उद्धार गरेको छ ।
    मन्त्रालयले सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०८१’ अनुसार दशवटा जिल्लामा रहेका पुनःस्थापना केन्द्रमार्फत ७५८ र विभिन्न सङ्घसंस्थामार्फत २,७३२ जना गरी कुल ३,४९० जना पीडितको उद्धार तथा पुनःस्थापना गरिएको छ ।
    यस्तै, नेपाल–भारत सीमा नाका लगायतका स्थानमा रहेका सूचना केन्द्रहरूले सुरक्षा निकायको सहयोगमा ४,३०० जनालाई जोखिमपूर्ण अवस्थामा उद्धार गरेका छन् । तीमध्ये ६४.३ प्रतिशत महिला, ३३.४ प्रतिशत बालिका, ०.४ प्रतिशत पुरुष र १.९ प्रतिशत बालक रहेका मन्त्रालयले जनाएको छ ।
    गत आर्थिक वर्षमा मात्र १७ जना बालिका बेचबिखनमा र ४६ जना बालिका अपरहणमा परेका छन् । त्यस्तै, ६,५९० बालबालिका हराएकामध्ये करिब ५,८३१ जना फेला पारी परिवारमा पुनर्मिलन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
    मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मानव बेचबिखनविरुद्धको नीति तथा कार्ययोजनाको मस्यौदा तयारी भई विभिन्न तहमा छलफल भइरहेको छ । साथै, ७५३ वटै स्थानीय तहमा समुदाय–प्रहरी साझेदारी समितिहरू गठन गरी महिला हिंसा, मानव बेचबिखन, बालविवाह, दाइजो प्रथा लगायतका सामाजिक अपराध न्यूनीकरणका लागि सचेतना कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij