मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

सूचना टाँस गरेर स्थगित गरियो बाग्मती प्रदेशसभा बैठक


  • 622
    SHARES
  • https://indrenipost.com/index.php/posts/4542
    भदौ २०, २०८० बुधबार
    सूचना टाँस गरेर स्थगित गरियो बाग्मती प्रदेशसभा बैठक

    मकवानपुर । बुधबारको लागि तय गरिएको बाग्मती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।

    दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

    यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # बाग्मती प्रदेश
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij