शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

अमेरिका युक्रेन फेरि वार्ताको सम्भावना 


  • 550
    SHARES
  • https://indrenipost.com/index.php/posts/8211
    फागुन २१, २०८१ बुधबार
    अमेरिका युक्रेन फेरि वार्ताको सम्भावना 

     

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ताका लागि प्रयास   थालेका छन् ।  भनाभनको स्थिति बनेपछि शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको वार्ता बिथोलिएको थियो। अघिल्लो वार्तामा तनाव भएपछि ट्रम्पले फेरि जेलेन्स्कीसँग वार्ताका लागि प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।

    जेलेन्स्कीसँगको वार्ताका लागि ट्रम्पले ‘ब्याक च्यानल’बाट प्रयास गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ। स्थायित्वका लागि युक्रेनसँगको सम्बन्ध सुमधुर बनाउनु आवश्यक रहेको ठहर गर्दै राष्ट्रपति ट्रम्पको संसद्लाई सम्बोधन हुनु अगाडि नै सो प्रयास थालेका हुन्।

    यसै प्रयासको परिणाम स्वरूप सोमबार युक्रेनी राष्ट्रपति जेलेन्सकीले सामाजिक सञ्जालमा शुक्रबार ओभलमा भएको घटना बिर्सन लायक भएको भन्दै लेखेका छन्। ट्रम्पले संसद्लाई सम्बोधन गरेपछि यसका लागि थप प्रयास हुने समाचारमा उल्लेख छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij