शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

हमासलाई ट्रम्पको चेतावनी– ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/8227
    फागुन २२, २०८१ बिहीबार
    हमासलाई ट्रम्पको चेतावनी– ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’

     

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्नका लागि चेतावनी दिएका छन्। ट्रम्पले हमासलाई सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन्। ‘मैले यो काम सक्नका लागि इजरायललाई सबै कुरा उपलब्ध गराएको छु। मैले भने अनुसार नगरेमा हमासको एउटा पनि सदस्य बाँकी रहने छैन,’उनले ट्र्थ सोसलमा लेखेका छन्।

    बन्दी रिहाइका लागि अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरा आएपछि ट्रम्पले सामाजिक सञ्जालमा यस्तो चेतावनी दिएका हुन्। ट्रम्पले बन्दी रिहाइ नगरेमा हमासले कल्पनै नगरेको कठिन समयको सामना गर्नुपर्ने बताएका छन्। उनले हरेक जीवित व्यक्ति रिहा गर्न तथा मृतकको शव तत्काल हस्तान्तरण गर्न भनेका छन्। उनले हमास नेतृत्वलाई तत्काल गाजा छाड्नसमेत भनेका छन्।

    ट्रम्पले त्यहाँका सर्वसाधारणलाई समेत चेतावनी दिएका छन्। उनले गाजावासीका लागि सुन्दर भविष्य पर्खिरहेको भए पनि बन्दी रिहाइ नभएमा त्यसो नहुने बताएका हुन्। साथै उनले बन्दी रही रहे जो कोही पनि मर्नसक्ने चेतावनी दिए। युद्ध विरामपछि रिहा भएका बन्दीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि ट्रम्पको त्यो पोस्ट सार्वजनिक भएको हो।


    प्यालेस्टाइनी स्रोतका अनुसार यो बीचमा हमास र अमेरिकी अधिकारीबीच दुई पटक वार्ता समेत भइसकेको छ। प्यालेस्टाइनी स्रोत उद्धृत गर्दै यी समाचार बिबिसीले प्रकाशित गरेको हो।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij