शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

युरोपको रक्सीमा दुई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी


  • 748
    SHARES
  • https://indrenipost.com/index.php/posts/8331
    चैत १, २०८१ शुक्रबार
    युरोपको रक्सीमा दुई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनबाट आउने रक्सीमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले आयातमा कर बढाउने निर्णय गरेपछि अमेरिकामा बनेको रक्सीमा ५० प्रतिशत कर लगाउने युरोपेली मुलुकको योजनापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।

    अहिले ट्रम्प अमेरिकाको व्यापारमा कर कटाउँदै सामान आयातमा कर लगाउने योजनामा छन्। अमेरिकाले आर्थिक समृद्धि मार्फत् नै सबै कुरा पार लगाउने योजना रहेको समेत उनले बताए। ट्रम्पको यो योजनालाई पहिलो विश्व युद्ध अघिको अवस्थाको रूपमा हेरिएको छ । सो समयमा आधा भन्दा बढी आम्दानीको श्रोत सामान आयात गर्दा लाग्ने कर नै थियो। सन् १९१२ मा विड्रो विल्सनले थियोडर रुजवेल्टलाई हराएपछि उनले यो योजना भन्दा फरक आम्दानी करलाई बनाएका थिए।

    कर वृद्धिको चर्को आलोचना भइरहेका बेला यसले अर्बौं डलर सञ्चित हुने दाबी ट्रम्पले गरेका छन्। ‘हामी करमार्फत् अर्बौं डलर जम्मा गरिरहेका हुने छौँ। साथमा हामी यत्ति धनी हुने छौँ की त्यो कहाँ खर्च गरौँ जस्तो हुने छ’, अहिले लगाइएको करको निर्णयका बारे ट्रम्पले भनेका छन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij