बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट 


  • 748
    SHARES
  • https://indrenipost.com/index.php/posts/9026
    बैशाख २६, २०८२ शुक्रबार
    पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट 

    काठमाडौं ।  रोबर्ट प्रिभोस्ट बिहीबार भ्याटिकनको नयाँ पोप निर्वाचित भएका छन्। प्रिभोस्ट अब पोप लियो चौधौँको रूपमा चिनिनेछ। उनी क्याथोलिक चर्चको नेता चयन हुने पहिलो उत्तर अमेरिकी नागरिक हुन् । सिकागोमा जन्मिएका प्रिभोस्ट सुधारकका रूपमा चिनिन्छन् । उनले पेरुमा मिसनरीका रूपमा लामो समय काम गरेका थिए । पछि उनी त्यहाँको आर्चविसप बने । अमेरिकी राष्ट्रपति डोलनाल्ड ट्रम्पले अमेरिकाबाट पोप पाउनु गर्वको विषय भएको बताएका छन् ।

    ‘तपाईंहरू सबैलाई शान्ति मिलोस्,’ प्रिभोस्टले भ्याटिकनमा उत्साहित भीडलाई इटालियन भाषामा भने, ‘दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूका परिवारहरूलाई, तपाईंहरू सबैलाई, जहाँ भए पनि शान्तिको शुभकामना पठाउन चाहन्छु। तपाईंहरूमा शान्ति रहोस्।’
    त्यसपछि पोप लियो चौधौँले दुई दिने सम्मेलनमा आफूलाई निर्वाचित गर्ने कार्डिनलहरूलाई धन्यवाद दिए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij