सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

जलजला गाउँपालिकाले ल्यायो ५९ करोड ५४ लाख बजेट


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9349
    असार १०, २०८२ मंगलबार
    जलजला गाउँपालिकाले ल्यायो ५९ करोड ५४ लाख बजेट

    पर्वत,असार १० गते । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेका छन । आगामी आर्थिक वर्षको लागि ५९ करोड ५४ लाख रुपैयाँ बजेट छलफल सहित पारित भएको छ ।

    यसैगरी गाउँपालिका अध्यक्ष अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेका छन । लगतै नीति तथा कार्यक्रम छलफल सहित पारित भएको छ । भने उपाध्यक्ष आचार्यले सभामा प्रस्तुत गरेको विनियोजन ऐन–२०८२ र आर्थिक विद्येयक–२०८२ समेत सभाबाट पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताए। 

    उपाध्यक्ष आचार्यले प्रस्तुत गरेको कुल विनियोजित बजेट मध्ये चालुतर्फ ३६ करोड ५६ लाख २२ हजार र पुँजीगततर्फ २२ करोड ९७ लाख ७८ हजार रुपैयाँ रहेको छ । सङ्घीय र प्रदेश सरकारको समानीकरण अनुदान ९ करोड २० लाख , सङ्घीय सरकारको राजश्व बाँडफाँड ७ करोड ९१ लाख ३९ हजार १४८ ,प्रदेश सरकार समानीकरण अनुदान १ करोड १६ लाख ७९ हजार ,प्रदेश सरकारको राजश्व बाँडफाँड ९२ लाख ४६ हजार , सङ्घीय सरकारको सशर्त अनुदान २६ करोड ५२ लाख, प्रदेश सरकारको सशर्त अनुदान २ लाख,सङ्घीय सरकारको समपुरक अनुदान १ करोड ३३ लाख , सङ्घीय सरकारको विशेष अनुदान १ करोड ६५ लाख ,प्रदेश सरकारको समपुरक अनुदान ६० लाख ,प्रदेश सरकारको विशेष अनुदान ४० लाख जुटाइने जनाइएको छ । समानीकरण अनुदान ,राजश्व बाँडफाँड ,सशर्त अनुदान ,समपुरक अनुदान ,विशेष अनुदान परिचालन गर्दा नपुग हुने ९ करोड ८३ लाख ३६ हजार  रुपैयाँ आन्तरिक आम्दानीबाट व्यहोरिने उपाध्यक्ष आचार्यले बताए।

    आगामी आर्थिक वर्षको क्षेत्रगत कार्यक्रमतर्फ कार्यालय संचालन गर्न १० करोड ,शखागत १० करोड २७ लाख ,वडागत ४ करोड ५० लाख,दायित्वरसाझेदारी ४ करोड २५ लाख गरी कुल २९ करोड २ रहेको भने सशर्तृ ,समपुरक  र विशेष अनुदान कार्यक्रमतर्फ ३० करोड ५२ लाख रुपैयाँ  विनियोजन गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको जेठ मसान्त सम्म  चालुतर्फ ७२ दशमलव ६९ प्रतिशत र पुँजीगत तर्फ ५२ दशमलव ९९ प्रतिशत गरी औषत ६७ दशमलव ३७ प्रतिशत प्रगति भएको छ । आगामी आर्थिक वर्षमा पनि शिक्षा,स्वास्थ्य,कृषि ,पर्यटन ,धार्मिक क्षेत्र ,रोजगार , पुर्वाधार ,उद्यम ,खेलकुद,आयआर्जन ,विपद् व्यवस्थापन लगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष आचार्यले जनाए । गाउँसभा सदस्यहरु लोकबहादुर पुन ,विकाश भण्डारी,टकबहादुर पुर्जा लगायतले छलफलमा भाग लिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij