सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

ललितपुरवासीमा उच्च सर्तकता अपनाउन आग्रह


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9353
    असार ११, २०८२ बुधबार

    काठमाडौँ, ११ असार ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको छ । 

    विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ललितपुर भई बहने गोदावरी खोलालगायत सो क्षेत्रका स–साना खोलाहरुमा बहाव बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई सावधानी अपनाउन विभागले अपिल गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij