काठमाडौ १३, असार । २० वर्षको दौरानमा चलेको भ्यालि भ्यू स्कूल २०७१ सालको एसएलसीमा बोर्ड टप गरेपछि चर्चामा थियो । अब्बल नतिजा र गुणस्तरबाट स्थापित एउटा ‘शैक्षिक–ब्रान्ड’। मध्य बानेश्वरमा रहेको भ्याली भ्यु स्कुलमा बि.स.२०८१ सालमा १६४ परिक्षार्थीहरु एसईई परिक्षामा सहभागी भएका थिए । जसमध्ये १० जनाले ४ जिपिए ल्याएर रेकर्ड ब्रेक गरेका छन । बाँकी अन्यको नतिजा यस्तो रहेको छ । जसमा ३.९६ जिपिए २६ जना ३.९१ देखि ३.९५ सम्म २९ जना ३.८ देखि ३.९ सम्म ३५ जना ३.६ देखि ३.८ सम्म ३८ जना ३.२ देखी ३.६ सम्म २२ जना २.८३ देखि ३.२ सम्म ४ जना परीक्षार्थीहरु रहेका छन् ।
२०६२ सालमा १५० जना विद्यार्थी बाट सुरु गरेको भ्याली भ्यू स्कुलमा २०८२ सालमा आइपुग्दा १७५० हाराहारी विद्यार्थी रहेका छन। भ्याली भ्यु स्कुल देशकै अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित भएको कुरा बिभिन्न गतिबिधिबाट प्रमाणित हुदै आएको पाइन्छ। यो स्कुलको मातृ कम्पनी ‘प्रोफेसनल एजुकेटर्स लिमिटेड’ हो, जसअन्तर्गत ग्लोबल कलेज ग्रूपका विभिन्न शैक्षिक संस्थाहरू सञ्चालनमा रहेका छन् । त्यसमध्ये पनि भ्याली भ्यु स्कुल सबैभन्दा जेठो संस्थाको रूपमा स्थापना भएको थियो ।
सबै मापदण्डको मापनका आधारमा सरकारी मूल्यांकन प्रक्रियाबाट ‘ए–ग्रेड’को संस्थागत विद्यालयको रूपमा मान्यता पाउँदै आएको भ्यालि भ्यू स्कुलले काठमाडौं महानगरपालिका स्थापना दिवस २०७९ का अवसरमा संस्थागत विद्यालयतर्फको उत्कृष्ट विद्यालय व्यवस्थापन पुरस्कार समेत पाएको थियो । एसएलसी परीक्षा प्रणाली हुँदा २०७१ सालमा बोर्ड टप गरेको स्कुल अहिले एसईईको ग्रेडिङ प्रणालीमा आइपुग्दा पनि औसतमा उत्कृष्ट नतिजा पस्किरहन सफल भइरहेको सो स्कुलका प्रधानाध्यापक सुभाषचन्द्र भण्डारीले इन्द्रेणिपोष्टलाई जानकारी दिएका छन ।