मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

नेपाल टेलिकमको दशैँ अफर सार्वजनिक


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/1058
    असोज २०, २०७८ बुधबार
    नेपाल टेलिकमको दशैँ अफर सार्वजनिक

    काठमाडौं । नेपाल टेलिकमले चाडपर्वको अवसरमा मंगलबारदेखि भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैँ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिए । 

    अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछ । डाटा प्याकअन्तर्गत रु. २ सय ९४ मा २० जीवी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक रु. ६९ मा उपलब्ध हुनेछ ।

    भ्वाइस सेवाअन्तर्गत रु. २५ मा १ दिन ९ सय २४ घण्टा प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, रु. ४० मा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र रु ५ सयमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरू २४ घण्टा प्रयोग गर्न सकिन्छ । 

    यस्तै अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने र रु. २ सयदेखि रु. ४ सय ९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र रु. ५ सयभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुने प्रवक्ता जोशीको भनाइ छ ।

    यी प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याच डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । जसका लागि कम्पनीको वेबसाइट डब्लुडब्लुडब्लु डट एनटीभी डटएनपी मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमले बताएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij