ब्ल्याक होल भनेको एकदम शक्तिशाली गुरुत्वाकर्षण भएको क्षेत्र हो । यस्तो क्षेत्रको गुरुत्वाकर्षण शक्ति यति धेरै हुन्छ कि त्यसबाट प्रकाशको किरण पनि बाहिर निस्कन सक्दैन । कुनै पनि चीजको गति प्रकाशको भन्दा बढी हुँदैन ।
त्यसैले प्रकाश त त्यो क्षेत्रबाट बाहिर निस्कन सक्दैन भने अरु चीज त कसरी निस्कनु ? त्यसैले तिमी ब्ल्याक होलमा झर्नु भनेको नायगरा फल्स नामको ठूलो झरनाबाट तल झरेजस्तै हो जुन झरनाबाट माथि चढ्न सकिँदैन ।
ब्ल्याक होलको किनारालाई क्षितिज भनिन्छ । यो झरनाको किनारजस्तै हो । यदी तिमी झरना झर्न सुरु गरेको किनारभन्दा माथि छौँ र चाँडो चाँडो खियायौ भने तल झर्नबाट बच्न सक्छौ । तर, एकपल्ट त्यो किनार पार गरेर तल आयौँ भने तिमी फस्छौँ ।
ब्ल्याक होलमा जतिजति धेरै चीजहरु फस्छन् । यो त्यति त्यति ठूलो हुँदै जान्छ । यसको क्षितिज पनि त्यति टाढा हुँदै र फैलिँदै जान्छ । सँुगुरलाई खाना खुवाए जस्तै हो । जति बढी खुवायो त्यति नै त्यो ठूलो हुन्छ नि ! त्यस्तै हो ।
ब्ल्याक होल कसरी बन्छ ?
ब्ल्याक होल बनाउनलाई एकदम ठूलो परिमाणको पदार्थलाई एकदमै सानो ठाँउमा खाँदेर राख्न सक्नुपर्दछ । त्यसपछि गुरुत्वाकर्षणको तान्ने शक्ति यति धेरै पैदा हुन्छ कि प्रकाश पनि त्यहाँबाट उम्कन नसकेर त्यहीँ फस्छ ।
इन्धन सकिएर बल्न छोडेका ताराहरु ठूला हाइडोजन बम पड्केको जस्तै विस्फोट हुन्छन् । यस्तो ताराको विस्फोटलाई सुपरनोभा भनिन्छ । ब्ल्याक होल बन्ने एउटा कारण यो हो । यो विस्फोटनमा ताराको बाहिरी भाग उछिट्टिएर ग्याँसको फोहोरा छुट्दै फैलिएर टाढा पुग्छ । तर, ताराको केन्द्रको भाग चाहीँ भित्रतिरै धकेलिन्छ । यदि त्यो विस्फोट भएको तारा हाम्रो सूर्यभन्दा केहीगुणा मात्रै ठूलो छ भने ब्ल्याक होल बन्छ ।
ताराहरु झुण्डहरुको बीचमा र तारापुञ्जहरुको मध्यभागमा अति ठूला ब्ल्याक होलहरु बन्छन् । यो क्षेत्रमा थुप्रै ब्ल्याक होलहरू, न्युटोन ताराहरू र अन्य सामान्य ताराहरू पनि हुन्छन् । ब्ल्याक होल र अन्य वस्तु मिले भने झन् ठूलो ब्ल्याक होल बन्छ । यसले यसको नजिकै आउने जेसुकै निल्छ । हाम्रो आफ्नै तारापुञ्ज, आकाशगंगाको केन्द्रमा पनि हाम्रो सूर्यभन्दा लाखौँ गुणा बढी पिण्ड भएका ब्ल्याक होल छन् ।
हामी ब्ल्याक होल कसरी देख्छौँ ?
ब्ल्याक होलबाट प्रकाश बाहिर निस्कदैन भने हामी त्यसलाई कसरी देख्छाँै त ? कुनै पनि वस्तुलाई त्यसबाट आएको प्रकाशले गर्दा मात्र देख्छाँै । त्यसबाट प्रकाश नआउने भएकाले ब्ल्याक होललाई हामी प्रत्यक्षरूपमा देख्न सक्दैनौँ । यो त अँध्यारो कोठामा कालो बिरालो खोजेजस्तै हो । तर, ब्ल्याक होलले आप्mनोवरिपरिको वस्तुमा पार्ने गुरुत्वकर्षण शक्तिको प्रभावको आधारमा हामी ब्ल्याक होललाई पत्ता लगाउन सक्छाँै ।
हामी कुनै ताराले केही अदृष्य चीजलाई परिक्रमा गरिरहेको देख्छाँै । अब कुनै तारालाई आफ्नो गुरुत्वाकर्षणले आफ्नो परिक्रमा गराउन सक्ने त्यो अदृष्य चीज ब्ल्याक होल नभएर अरु केही हुनै सक्दैन ।
त्यस्तै ग्याँस र धुलोको कणको ठूलो डिस्क पनि कुनै अदृष्य केन्द्रीय चीजलाई घुमिरहेको हुन्छ । हामी त्यसलाई देख्दैनाँै । तर, त्यही हो ब्ल्याक होल ।
ब्ल्याक होलबाट कसरी निस्कने ?
मान्छेहरू पहिले ब्ल्याक होलबाट कोही पनि बाहिर निस्कदैन भन्ने सोच्थे । त्यसैले त त्यसलाई ब्ल्याक होल भनिन्थ्यो । ब्ल्याक होलमा खसेका जे पनि सधँैका निम्ति हराएको जस्तो ठान्थ्यिो । ब्ल्याक होल समयजस्तै अनन्त कालसम्म रहिरहन्छ भन्ने सोचिन्थ्यो अथवा सधैँका लागि बाहिर निस्कन नसकिने जेलजस्तो ।
तर पछि यो कुरा पुरै सत्य होइन रहेछ भन्ने पनि पत्ता लाग्यो । अन्तरिक्षमा पूरै शून्य र खालि भन्ने हुँदैन । त्यहाँ पनि समय र अन्तरिक्षमा हुने साना तिना उतारचढावले ब्ल्याक होललाई पहिले पनि बिस्तारै आफूबाट समाना कणहरू छोड्छ । यसलाई हकिगं रेडियसन भनिन्छ । ब्ल्याक होल जति ठूलो भयो त्यति नै कम मात्रामा यसले विकिरण छोड्छ ।
हकिगं रेडियसनले गर्दा बिस्तारै ब्ल्याक होल वाष्पिकरण भएर जान्छ । यो प्रक्रिया सुरुमा बिस्तारै हुन्छ । तर, अरबाँै अरब वर्षपछि ब्ल्याक होल हराँउछ । त्यसैले ब्ल्याक होल कहिल्यै निस्कन नसकिने जेल होइन । तर, जेलभित्रका कैदी अथवा ब्ल्याक होल बनाउने चीजहरू र त्यसमा पछि खसेका वस्तुहरू चाहीँ के हुन्छन् त ?
तिनीहरू उर्जा र कणहरुमा प्रशोधित हुन्छन् । तर, ब्ल्याक होलबाट निस्कने कुरालाई ध्यान दिएर हेर्योँ भने त्यहाँभित्र भएका चीजहरुलाई पुनः निर्माण गर्न सकिन्छ । त्यसैले ब्ल्याक होलभित्र खसेको कुरा सधैँका लागि फस्दैनन् । तर एकदम लामो समयसम्म चाहीँ तिनीहरू फस्छन् । –स्टेफेन र लुसी हकिंग