मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

ज्येष्ठ नागरिकले नेपाल टेलिकमको सिम निःशुल्क पाउने


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/1059
    असोज २०, २०७८ बुधबार
    ज्येष्ठ नागरिकले नेपाल टेलिकमको सिम निःशुल्क पाउने

    काठमाडौं । नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकको सम्मानस्वरूप निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम वितरण गर्ने भएको हो । 

    असोज १५ देखि २५ गतेसम्म ६० वर्षमाथिका नागरिकलाई निःशुल्क सिमकार्ड वितरण गर्ने जनाएको छ । सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुने जनाइएको छ ।

    नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरूबाट ज्येष्ठ नागरिकहरूले यो सुविधाको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने निःशुल्क सिमको सुविधाले उनीहरूलाई सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij