काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२१/०२२ मा ३.९ प्रतिशतले वृद्धि हुने अनुमान प्रक्षेपण गरेको छ । कोरोना भाइरसविरुद्धको खोप अभियान बढिरहेको र पर्यटन तथा वैदेशिक रोजगारीमा सुधार आइरहेकोले उक्त दरले आर्थिक वृद्धि हुने विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले दक्षिण एसियामा सन् २०२१ र ०२२ मा ७.१ प्रतिशतले आर्थिक वृद्धि हुने जनाएको छ । यस क्षेत्रको अर्थतन्त्र महामारीबाट तंग्रिरहेको पनि विश्व बैंकको भनाइ छ । कोरोनाको लहर नसकिए पनि यो वर्षको दोस्रो त्रैमासिकमा देशहरुले आर्थिक क्षेत्रमा यसको प्रभाव कम गर्न सफल भएको विश्व बैंकले बताएको छ ।
कुन देशको कति आर्थिक वृद्धिदर?
भारत : ८.३ प्रतिशत (२०२१/२०२२)
माल्दिभ्स : २२.३ प्रतिशत (सन् २०२१)
श्रीलंका : ३.३ प्रतिशत (२०२१)
बंगलादेश : ६.४ प्रतिशत (२०२१/२०२२)
भुटान : ३.६ प्रतिशत (२०२१/२०२२)
नेपाल : ३.९ प्रतिशत (२०२१/२०२२
पाकिस्तान : ३.४ प्रतिशत (२०२१/२०२२)