सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

अर्थ

लगानी बोर्ड बैठक : दुई जलविद्युत आयोजनाका लागि लगानी स्वीकृत


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1099
    असोज २३, २०७८ शनिबार
    लगानी बोर्ड बैठक : दुई जलविद्युत आयोजनाका लागि लगानी स्वीकृत

    काठमाडौं । लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको बोर्डको ४८ औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।

    बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह–प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजिवृद्धि स्वीकृत गरेको बताए ।

    उनले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको बताए ।

    बोर्डको बैठकले सम्राट सिमेन्ट र क्युटिवान माथिल्लो त्रिशूली वानको सेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालु वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij