आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश सरकार फेरबदल

बागमतीमा मुख्यमन्त्री दशैँपछि चयन हुने


  • 2.2K
    SHARES
  • https://indrenipost.com/posts/1104
    असोज २४, २०७८ आइतबार
    बागमतीमा मुख्यमन्त्री दशैँपछि चयन हुने

    काठमाडौं । बागमती प्रदेशमा दशैँपछि मात्रै नयाँ मुख्यमन्त्री चयन हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि कात्तिक ४ गते मात्रै निर्णय हुने भएको छ । 

    मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ गते बस्ने गरी स्थगित गरेका छन् । नेपाली कांग्रेसले पनि दाबी गरेपछि बागमती प्रदेश सरकारको मुख्यमन्त्री चयन दशैँपछि मात्र हुने भएको हो ।

    संसदमा शाक्य अल्पमतमा परिसकेकी छन् । १ सय ९ सदस्यीय प्रदेश सभामा उनको दलमा ४३ सदस्य मात्रै छन् । माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले बहुमत सांसदका हस्ताक्षर लिएर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए ।

    तर, मुख्यमन्त्रीमा कांग्रेसले पनि दाबी गरेपछि प्रक्रिया पछि धकेलिएको छ । नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिने शीर्ष नेताहरुबीच सहमति भए पनि कांग्रेसका सांसद इन्द्र बानियाँले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको हो ।

    मुख्यमन्त्री शाक्यले राजीनामा नदिएपछि विश्वासको मतका लागि मतदान हुन लागेको थियो । तर, उक्त मतदान प्रक्रिया भने दसैँ मनाएर कात्तिक ४ गते मात्र हुने भएको हो । ‘काँग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गर्‍यो,’ ती सांसदले भने, ‘अब दसैँपछि मात्र नयाँ मुख्यमन्त्री चयन हुन्छ ।’

    मुख्यमन्त्री शाक्यले राजीनामा नदिएर मतदान प्रक्रियामा जान चाहेकी थिइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij