काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
प्रदेशसभाका प्रवक्ता तेजप्रकाश जोशीले शनिबार साँझ ५ः३० बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।
बैठक आज साँझ ५ बजेका लागि आह्वान भएको थियो । तर, मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था भएपछि बैठक स्थगित भएको हो ।
नेकपा (एमाले)ले छलफल नै नगरी बैठक राखिएको भन्दै मत नदिने अडान राखेपछि बैठक स्थगित भएको नेताहरू बताउँछन् ।
त्यस्तै नकेपा (माओवादी केन्द्र)को दलका उपनेता अक्कल रावलले पनि बैठक नै अनिश्चित भएको भन्दै छलफल नभएकोले विश्वासको मत दिन नसक्ने बताएका थिए ।