काठमाडौं । दसैैं बिदाको अघिल्लो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावबीच नेप्से ४१ अंकले घटे पनि अन्तिम समयमा केही सुधारिँदै २३.१९ अंकले झरेको हो । नेप्से २६ सय ३९ दशमलब ३८ विन्दुमा आइपुगेको छ ।
यसदिन इन्भेष्टमेन्ट र म्यूचुअल फण्डबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
ग्लोबल आइएमई समुन्नत स्कीम करिब १० प्रतिशत बढ्यो भने सानिमा लाइफ इन्स्योरेन्सको भाउ पनि ७.८८ प्रतिशतले बढ्यो ।
आज २१९ कम्पनीको ९३ लाख १४ हजार कित्ता सेयर ३ अर्ब ६३ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।