सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

आज सुनको मूल्य घट्यो‚ चाँदीको बढ्यो


  • 676
    SHARES
  • https://indrenipost.com/posts/1129
    असोज २५, २०७८ सोमबार
    आज सुनको मूल्य घट्यो‚ चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघले सार्वजनिक सूचना अनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँ कायम गरिएको छ । आइतबार ९० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै‚ चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ। चाँदी आइतबार प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला एक हजार १८० रुपैयाँ मूल्य कायम गरिएको छ ।

    महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij