सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

१० औँ महाधिवेशन तथा विश्व सम्मेलन सरगर्मी

एनआरएनए महाधिवेशन ६ महिनाभित्रै सम्पन्न गरिने


  • 721
    SHARES
  • https://indrenipost.com/posts/1161
    असोज २७, २०७८ बुधबार
    एनआरएनए महाधिवेशन ६ महिनाभित्रै सम्पन्न गरिने

    काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औँ महाधिवेशन तथा विश्व सम्मेलन ६ महिनाभित्रै सम्पन्न गरिने भएको छ । पदाधिकारीहरूको बैठकले स्थगित महाधिवेशन ६ महिनाभित्रै गर्नेगरी पहल थालिएको अध्यक्ष कुमार पन्तले बताए ।

    उक्त संस्थाको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार सम्पन्न भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको थियो ।

    अध्यक्ष पन्तले स्थगित महाधिवेशन र सम्मेलन छिट्टै सम्पन्न गर्नेगरी पहल भइरहेको जानकारी दिए । उनले संस्थालाई नेतृत्व प्रदान गरी नेपालको आर्थिक विकास र समृद्धिसँग जोडिएका विषयलाई प्रभावकारी ढङ्गले अघि बढाइने बताए ।

    परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको थियो । कानूनविद् र अन्य सम्बन्धित पदाधिकारीसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ । एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले आम सहमतिका साथ ६ महिनाभित्र महाधिवेशन सक्नेगरी यथाशीघ्र मिति घोषणा गरिने जानकारी दिए ।

    एनआरएनएलाई प्रवासी नेपालीको साझा चौतारीको रुपमा विकास गरी नेपालमा लगानी प्रवर्द्धनको वातावरण सिर्जना गर्न सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए । अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बस्ने र यस्मा विशेष परिस्थितिका सम्बन्धमा छलफल गरी थप निर्णय गरिने जनाइएको छ ।

    नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा अध्यक्ष पदका लागि कूल आचार्य, रविना थापा र डा बद्री केसीले प्यानलसहित उम्मेदवारी तथा प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij