आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राजनीति

कर्णाली प्रदेश सरकार केही दिनमा फेरिँदै, जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने


  • 856
    SHARES
  • https://indrenipost.com/posts/1236
    असोज ३१, २०७८ आइतबार
    कर्णाली प्रदेश सरकार केही दिनमा फेरिँदै, जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

    काठमाडौं । दशैंलगत्तै कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारको ठाउँमा नयाँ सरकार बन्न लागेको हो ।

    कर्णालीमा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीको संयुक्त सरकार छ । तीन दलबीचको सहमतिमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो ।

    त्यसका लागि ढिलोमा कात्तिक दोस्रो साता वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनेछन् । 

    ‘मलाई लाग्छ, ढिलोमा कात्तिक १० गतेसम्म नयाँ सरकार बन्छ,’ मुख्यमन्त्री बन्न लागेका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले भने ।

    कर्णालीमा तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त सरकार थियो । एमाले र माओवादीबीच भएको एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधता नपाएर साविकका एमाले र माओवादी नै ब्युँतिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    त्यसपछि कांग्रेसले प्रदेश सरकारलाई समर्थन गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । त्यसैगरी एमालेका चार जना प्रदेश सभा सदस्यले ‘फ्लोर क्रस’ गरेर शाहीलाई विश्वासको मत दिएका थिए ।

    उनीहरु चारै जनालाई एमालेले कारबाही गरेपछि उनीहरुको सांसद पद गुमिसकेको छ । 

    मुख्यमन्त्री शाहीले सहमतिअनुसार काँग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्न आफूले मार्गप्रशस्त गर्न लागेको आफूनिकटहरुलाई बताइसकेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij