बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

समाचार

पाकेको धान वर्षाले नष्ट, किसान चिन्तित


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/1241
    कात्तिक १, २०७८ सोमबार
    पाकेको धान वर्षाले नष्ट, किसान चिन्तित

    म्याग्दी । पाकेको धान थन्क्याउने बेला वर्षा भएपछि म्याग्दीका किसानहरु चिन्तित भएका छन् । आइतवारत रातिदेखि वर्षा भइरहेको छ ।

    वर्षाले पाकेका धानको बोट ढलेको बेनी नगरपालिका(२ बगरफाँटका भीमबहादुर कार्की बताए । घरमा भित्र्याउने समयमा पानीले क्षति पुर्‍याएको उनले बताए ।

     ‘धानको बोट लडेर सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ‚’ कार्कीले भने‚ ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो ?’

    म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, वावियाचौर, अर्मनलगायत ठाउँमा लगाएको धान बालीमा क्षति पुगेको किसानहरुले बताएका छन् । ज्यामरुककोटको उपल्लो भेग, अर्मन र बाबियाचौरमा काटेर सुकाएको धानमा पानी क्षति पुर्‍याएको छ ।

    रातिदेखि भएको वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु हिलाम्य भएका र दशैँका लागि घरआएका व्यक्तिहरु कार्य क्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताए ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij