आइतबार, भदौ १ गते २०८२ Aug 17 2025 Sunday
images
images

सिन्धुलीमा बाढीः १० घर डुबानमा, एक महिला घाइते


  • 343
    SHARES
  • https://indrenipost.com/posts/9862
    साउन ३१, २०८२ शनिबार
    सिन्धुलीमा बाढीः १० घर डुबानमा, एक महिला घाइते

    सिन्धुली, ३१ साउन – दुधौली नगरपालिका–१ गिचिहानीस्थित बस्तीमा आज दिउँसो विचित्रा खोलामा आएको बाढी पसेपछि १० घर डुबानमा परेका छन् । अचानक घरमा पानी पसेपछि भाग्ने क्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते भई उपचारका लागि दुधौली नगर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन ।
    बाढीले दनुवार परिवारको घरसहित गाईगोठ तथा ध्यानवतीकुमारी दनुवार, बुद्धलाल कुमार, आशा अधिकारी दनुवार, लक्ष्मीकुमारी दनुवार, सङ्गीता थापा, शिवनाथ दनुवार, निसा दनुवार, बृर्जलालकुमार दनुवार र केदार गिरीको एकतले घर डुबानमा परेका छन् ।
    बस्तीमा मानवीय क्षति भने नभएको र पीडितलाई अस्थायी आवासको व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
    यसैबीच जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय रहेकाले थप विपद्को सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डमा भदौ १ गतेदेखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा पुनः रोक लगाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij