सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

१० औँ महाधिवेशन सरगर्मी

एमाले विधानलाई दिइयो अन्तिम रूप (पूर्ण पाठ)


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1269
    कात्तिक २, २०७८ मंगलबार
    एमाले विधानलाई दिइयो अन्तिम रूप (पूर्ण पाठ)

    काठमाडौं । नेकपा (एमाले)ले आफ्नो विधानलाई अन्तिम रूप दिएको छ । गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रूप दिइएको हो । 

    एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा समितिका संयोजक एवं उपमहासचिव विष्णु पौडेलले विधानलाई अन्तिम रूप दिएका हुन् । विधानलाई सोमबार प्रकाशनमा पठाइएको छ ।

    विधानअनुसार राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् एमालेका केन्द्रीय निकाय हुन् । यस्तै केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकाय हुन् । 

    पार्टीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष चार र महासचिव एक जना हुने व्यवस्था विधानले गरेको छ । 

    यस्तै एक जना उपमहासचिव र ७ जना सचिव हुनेछन्। सबै गरेर एमालेको केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ ।

    नयाँ विधानअनुसार एमालेका प्रदेश कमिटी, प्रदेश अधिवेशन प्रतिनिधि परिषद्, जिल्ला कमिटी, जिल्ला अधिवेशन प्रतिनिधि परिषद् रहनेछन् । यस्तै पालिकारइलाका कमिटी, पालिकारइलाका प्रतिनिधि परिषद्, वडारशाखा कमिटी, वडारशाखा अधिवेशन प्रतिनिधि परिषद्, टोलरप्रारम्भिक कमिटी र टोलरप्रारम्भिक अधिवेशन प्रतिनिधि परिषद् रहनेछन् । ​

    हेर्नुहोस्, एमालेको विधान

     

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij