आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

बाढी-पहिरो प्रभावितलाई तुरुन्त राहत दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रह


  • 811
    SHARES
  • https://indrenipost.com/posts/1289
    कात्तिक ३, २०७८ बुधबार
    बाढी-पहिरो प्रभावितलाई तुरुन्त राहत दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रह

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा फसेकाहरूको उद्धार, राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार र बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

    बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन उनले माग गरेका हुन् ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले विपतमा ज्यान गुमाएकाहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

    बाढीपहिरोमा परी बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकायहरू, स्थानीय स्वयंसेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

    पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश( १, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्‍न भागहरूमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएको छ ।

    त्यसैगरी यस प्राकृतिक विपतमा परी झण्डै तीन दर्जनभन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन्। धानबाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij