आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

एमसीसी परिमार्जन गर्न अमेरिका तयार छु भनेको छ : प्रधानमन्त्री देउवा


  • 892
    SHARES
  • https://indrenipost.com/posts/1291
    कात्तिक ३, २०७८ बुधबार
    एमसीसी परिमार्जन गर्न अमेरिका तयार छु भनेको छ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सम्झौता (एमसीसी) संशोधन गर्न अमेरिका तयार रहेको बताएका छन् ।  

    आफ्नो नेतृत्वको सरकार बनेको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री देउवाले  एमसीसी ‘करेक्सन’ गर्न आफू तयार रहेको अमेरिकाले बताएको जानकारी दिएका हुन् । 

    ‘एमसीसी विशुद्ध नेपालको हितमा छ’, बुधबार बिहान सरकारी पत्रिका गोरखापत्रमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘त्यही पनि एमसीसीमा करेक्सन गर्न अमेरिकाले तयार छु भनेको छ । अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ ।’

    प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरा नभएको दाबी पनि गरेका छन् । 

    ‘एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रान्ट’ हो । ब्याजमा होइन यो’, देउवाले भनेका छन्, ‘ऋण होइन, अनुदान हो । केही तत्त्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् ।’

    एमसीसी नेपालको कानुनभन्दा माथि छ भन्ने कुराको पनि प्रधानमन्त्री देउवाले खण्डन गरेका छन् । 

    ‘वास्तवमा विश्व बैंककै कुरा गर्ने हो भने ऊसँग झगडा भयो भने अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ । एडीबी, आईएमएफमा पनि त्यही हो । तिनका जति पनि ऋण छन्, त्यस विषयमा मुद्दा परेमा अन्तर्राष्ट्रिय कानुनअनुसार जान्छ’, देउवाले भनेका छन्, ‘नेपालको कानुनले हेर्नै पाउँदैन । यो सन्दर्भलाई नेपालको कानुनभन्दा माथि भनेर बखेडा निकालिएको छ ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij